सशस्त्र प्रहरीमा भर्ना खुल्यो– इन्सपेक्टरदेखि परिचरसम्म २८८ कर्मचारी माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सशस्त्र प्रहरी बललले अधिकृतसहित विभिन्न पदमा भर्ना खोलेको छ। 

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित विभिन्न पदमा २८८ जना कर्मचारी माग गरेको हो। 

शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

 इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्।

उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा अनलाइन आवेदन दिएकाहरूद्ये फागुन २ गतेभित्र र  विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले माघ २४ गतेभित्र दरखास्त दिँदा तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।