प्रदेश संरचनालाई बलियो बनाउनु पर्छ : मुख्यमन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। 

नेपाल प्रेस युनियनले बिहीबार गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तीनै तहका सरकारको अधिकार बाडफाँड भए पनि कार्यान्वयन फितलो भएको बताए ।

मुख्यमन्त्री शाहले सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय तहका आ–आफ्नै अधिकार भए पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले अब त्यो पूर्णरुपमा कार्यान्वयन गर्न लाग्नुपर्ने बताए । उनले भने, “तीनै तहका सरकारका एकल र साझा अधिकार छन्, तिनीहरुको पूर्ण रुपमा कार्यान्व्यन हुनु आवश्यक छ ।”

मुख्यमन्त्री शाहले प्रदेश गौरवका योजनामा बजेटको अभाव नहुने बताए । प्रदेशले प्राथमिकतामा राखेर निर्माण गरिरहेका योजनामा बजेटको अभाव नहुने उनले दाबी गरे ।

मुख्यमन्त्री शाहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण प्रक्रिया अघि बढिसकेकाले यसमा शङ्का नरहेको जिकिर गरे । उनले नेपाल–भारत सीमानाका झुलाघाटलगायत दार्चुला र डडेल्धुरामा महाकाली नदीमाथि पुल निर्माण प्रक्रिया पनि अगाडि बढेको जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।