तोलामै १ हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ।

आज सुनको कारोबार मूल्य प्रति तोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको भाउ तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ थियो। मंगलबार तोलाको १ लाख २१ हजार पुगेको थियो।

आज चाँदी प्रति तोला १४ सय २० रुपैयाँ भएको छ। बुधबार तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसमा ३० रुपैयाँ घटेर बिहीबारको कारोबार मूल्य कायम भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।