मःम पसलमा जागिर लगाइदिन्छु भन्दै मिर्गौला बेचबिखन गर्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका १३ ठेगाना भएका ४३ वर्षीय हरी नेपाली भन्ने हरी दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याई पीडितलाई झुक्याई अस्पताल लगि बेहोस पारी मानव अंग मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा संलग्न रही फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।