आज २०८० पुस १३ गते शुक्रवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस १३ गते, शुक्रवार, २९ डिसेम्बर २०२३। पाैष कृष्णपक्ष तृतीया तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

बोलीको प्रशंसा हुनेछ। नयाँ कामको थालनी हुनेछ। व्यपारबाट आम्दानी हुनेछ। राजनीति क्षेत्रमा भने छट्टुको पञ्जामा पर्न सकिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वदेशमा व्यापार व्यवसायको विकल्प देख्न सकिन्छ। आज दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन राम्रो छ। अचानक धन प्राप्त हुनेछ। आर्थिक र सामाजिक क्षेत्रको लगानी राम्रो हुनेछ। शुभ कार्यमा सहभागी हुने भएकाले दिन रमाइलो हुन्छ। परिवारमा भने अविश्वास हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दैनिकी राम्रो छ। समाजले भने तपाईंमाथि प्रहार गर्न सक्ने देखिन्छ। परिवारमा विवाद नगर्नु राम्रो हुन्छ। विवादले आफन्त टाढिने जोखिम छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दैनिकी राम्रो छ। तर्कमा हारेर कामबाट जित्नु राम्रो हुन्छ। धेरै नबोली काम गर्दा फाइदा हुने देखिन्छ। हरेक क्षेत्र सुदृढ रहे पनि परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफूले आफूलाई चिन्ने प्रयास गर्नुपर्छ। आफ्नो मूल्यांकन गर्न सकियो भने सफलता मिल्नेछ। आफ्नो कमजोरी आफूलाई थाहा नभए अर्कैले फाइदा लिने देखिन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अचानक खर्च हुनसक्छ। सचेत भएर व्यवहार गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन सामान्य छ। आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने देखिन्छ। आर्थिक, सामाजिक र पारिवारिक झन्झट आइपर्ने देखिन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यापारबाट फाइदा हुनेछ। पुराना ग्राहकबाट फाइदा हुनेछ। दिन रमाइलो भएकाले परिवारको साथ मिल्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

खर्च कम गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परोपकारमा मन जाने हुनसक्छ। खराब साथीसँग सचेत हुन राम्रो हुन्छ। परिवारभित्र खटपटी हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ। हरेक क्षेत्रमा खुट्टा तान्ने र कुरा काट्ने साथी हुनसक्छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको सम्पत्तिको राम्रो प्रतिफल मिल्नेछ। परिवारमा मन मुटाव हुनसक्छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

हरेक क्षेत्र सबल छन्। आफूले हिम्मत गरेमा काम बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्ने देखिन्छ। प्रेममा सफलता प्राप्त हुनसक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।