प्रियंका कार्की फिचर्ड कमल मान सिंहको ‘मायालु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विभिन्न टेलिभिजन रियालिटी सोमा  ब्यस्त नायिका प्रियंका कार्की पुनः म्युजिक भिडियोमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिवंश आचार्यको मानव बेचबिखनविरुद्धको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘मायालु’ को  भिडियोमा नायिका प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएकी छिन। भिडियोमा प्रियंका सहदेव चन्दसँग नवरुपमा प्रस्तुत भएकी हुन्। कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ। 

रोमन मार्सको सिनेमाटोग्राफी र सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।