शङ्ख फुक्दै मन्त्री किराँतीको राजीनामा माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका पर्यटनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ ।

सनातन धर्माम्बलम्वीहरुले सोमबार गौशालादेखि विभिन्न नाराबाजी गर्दै,शंख फुक्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् ।

उनीहरूले गैर जिम्मेवार मन्त्री राजीनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए । मन्त्री किराँतीले एक कार्यक्रममा ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भनेका थिए । त्यसपश्चात् उनको चौतर्फ विरोध भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।