काठमाडौं । काठमाडौं मलमा अवस्थित ‘फेसियल हाउस एन्ड ब्यूटी सैलुन’ ले सोमबार आफ्नो १६औँ वार्षिकोत्सव मनाएको छ।
फेसियल हाउसले काठमाडौंमा विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो ।
यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लिला जीसीलगायत अतिथिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको भव्य उपस्थिति थियो।
कार्यक्रममा फेसियल हाउसमा काम गर्ने विभिन्न कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो।
१६ वर्ष अगाडि काठमाडौं मलमा स्थापना भएको फेसियल हाउसको शाखा धनगढी, सुर्खेत र पोखरामा पनि संचालनमा छ।
नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रका थुप्रै कलाकारहरूको समेत रोजाइको पहिलो गन्तव्य बनेको फेसियल हाउसको वार्षिकोत्सवमा विभिन्न गायक–गायिकाले गीत समेत गाएर मनोरञ्जन दिएका थिए।
Comment