झापा । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताएकी छिन् ।
नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताइन्।
विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ थियो।
Comment