हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै आर्क्स ग्रुप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ।

बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो।

मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा उपयोगी हुने यस भ्यान १४ सिट क्षमताको छ। हाइलोङ अटोमोबाइल ब्राण्डका गाडी चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन्।

हाइलोङको स्थानीय साझेदार आक्र्स ग्रुप ४५ वर्षदेखि व्यवसायमा सक्रिय छ। यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा मात्र २५ वर्षको अनुभव छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।