नेफ्स्कूनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औं वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले १ हजार १९६ मत प्राप्त गरेका हुन् ।

निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले १ हजार १९ मत प्राप्त गरेका थिए । नबनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत छन् ।

वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी प्रदेश), शोभाकुमारी राउत (मधेस प्रदेश), खेमराज सुवेदी (बागमती प्रदेश), गोपालप्रसाद गौतम (गण्डकी प्रदेश), ज्ञानु पौड्याल (लुम्बिनी प्रदेश), वीरबहादुर राउत भोट (कर्णाली प्रदेश), दिप्ती शाही (सुदूरपश्चिम प्रदेश) विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योति पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन् । गए राति सम्पन्न मतदानमा कूल २ हजार ६३३ मतदातामध्ये २ हजार २०० मतदाताले मतदान गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।