राष्ट्रिय वाणिज्य बैंकले गर्यो लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको पुष ६ गते बसेको बैठकले ५.५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

कम्पनीले वार्षिक साधारण सभा पुष २९ गते दरबारमार्य स्थित बैंकको आफ्नै सभाहलमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको छ । सभामा आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति रपारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि बैंकले पुष १८ गते बुक क्लोज गर्ने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।