नेपाल बैंकर्स संघको कार्य समितिमा ५ नयाँ सदस्य चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकर्स संघको कार्य समिति सदस्यमा ५ जना निर्वाचित भएका छ । शनिबार चितवनमा भएको संघको ३७औँ वार्षिक साधारणसभाले ५ जना कार्यसमिति सदस्य चयन गरेको हो ।

संघमा नयाँ सदस्यमा प्राइम कमर्सियल बैंकका सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ चयन भएका छन् ।

यसअघि संघको सदस्य रहेका एनआइसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने र लक्ष्मी सनराइज बैंकका सीईओ अजय शाहको कार्यकाल सकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।