राजनीति शीर्ष नेताहरुको भेटवार्ता– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनेबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको ३ दलका शीर्ष नेताहरुको बैठकमा संसद्‌मा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा नै अगाडि बढाउनेबारे छलफल भएको हो। 

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए। 

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार शीर्ष नेताहरुले संक्रमणकालीन न्याय र सोसँग सम्बन्धित विधेयकमा सहमति गर्नका लागि सोमबार पुन: छलफल गर्ने समझदारी जुटाएका छन्। जसअनुसार अपराह्न ४ बजे शीर्ष नेताहरुको बैठक बस्ने बताइएको छ। 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अहिले संघीय संसद्‌मा विचाराधीन रहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।