मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते, बुधबार बुक क्लोज गर्दैछ ।

पुस ९ र १० गते क्रमशः क्रिसमस-डे र उधौली पर्वको अवसरमा सार्वजनिक विदा छ । त्यसैले यी २ दिन सेयर बजार पनि बन्द रहन्छ ।

त्सयकारण कम्पनीले प्रस्ताव गरेको ५.२५३ प्रतिशत नगद लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ । कम्पनीले पुस २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीलाई वितरण गर्न लागेको ५.२५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।