कांग्रेस संविधान संशोधनको पक्षमा : उपप्रधानमन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले उठाएका माग सम्बोधनका लागि कांग्रेस संविधान संशोधनको पक्षमा रहेको बताएका छन् ।

नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनलाई बिहीबार जनकपुरमा सम्बोधन गर्दै विगतमा गरिएको संविधान संशोधनको प्रयास एमालेका कारण विफल भएको आरोप उनले लगाए ।

संविधानको रक्षा गर्न मधेसले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्न आवश्यक रहेको बताएका उनले भने, ‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ । मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ ।’

नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको बताएका उनले कांग्रेस संविधान संशोधनको पक्षमा रहेको भन्दै आश्वस्त पार्न खोजे ।

उनले भने, ‘संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौं । एमालेका कारण संसद्मा फेल हुन पुग्यो । फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ ।’

वर्तमान सरकार प्रदेश र स्थानीय तहसँग जोडिएका कानुन बनाउने तयारीमा रहेको पनि उनले बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।