माओवादीले बनायो सात सदस्यीय विधान मस्यौदा समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको मस्यौदा समिति बनाएको हो।

मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार पारेर १ महिना जिल्ला जिल्लामा छलफल चलाउन बैठकले निर्देशन दिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

यसअघि गत साउनमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले मंसिरमा विधान अधिवेशन गर्ने निर्णय गरेको थियो।

तर भदौ १७ गतेदेखि सुरू भएको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को समयावधि १ महिना थपेर माओवादीले पुस १७ गतेसम्म पुर्‍याएको थियो।

अभियान भने पुस १७ गते नै समापन गर्ने निर्णय भएको सचिव पौडेलले जानकारी दिए।

यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूका आकांक्षीहरूको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।