खानेपानी संस्थानले माग्यो विभिन्न पदका लागि कर्मचारी(सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल खानेपानी संस्थानले विभिन्न पदमा गरी ६१ जना कर्मचारी माग गरेको छ। करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी संस्थानले दरखास्ता आह्वान गरेको छ।

रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा द्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ ।

संस्थानले जुनियर प्लम्बर ९ जना, असिस्टेन्ट पम्प अपरेटर ४ जना, प्लान्ट एटेन्डेन्ट १ जना र ल्याब ब्वाइ ३ जना मागेको छ।

यस्तै, लाइट ड्राइभर ५ जना, हेल्पर १६ जना र कार्यालय सहयोगी २३ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

माग भएको पदमध्ये जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाइका लागि ८ कक्षा पास भएको शैक्षिक योग्यता र कम्तीमा ३ महिनाको तालिम लिएको वा साधारण लेखपढ गर्न जान्ने भइ सम्बन्धित काममा ३ वर्षको अनुभव प्राप्त हुनुपर्ने संस्थानले जनाएको छ।

यस्तै, लाइट ड्राइभरका लागि नेपाली भाषा लेखपढ गर्न जान्ने भइ हलुका सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको हुनुपर्नेछ। संस्थानले प्रथम पटक सूचना प्रकाशित मिति (४ पुस २०८०) देखि ३० दिनभित्र दरखास्त दिइसक्नुपर्ने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।