प्राइम कमर्सियल बैंकले पनि यस वर्ष लाभांश नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको पुस ३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

यसअघि कुमारी र एनएमबी बैंकले पनि गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।