महिला टी-२० क्रिकेट : रितुकाे कप्तानीमा सुदूरकाे टाेली घाेषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रितु कनौनियाको कप्तानीमा १४ सदस्यीय टोली सुदूरपश्चिमको टोली घोषणा गरिएको हो। 

उपकप्तानमा बिन्दु रावलसँगै टोलीमा जानकी थापा, रूबी पोद्दार, लक्ष्मी साउँद, मनिषा चौधरी, ईश्वरी विष्ट, रेवती धामी, राधिका पुजारा, सावित्री धामी, कविता जोशी, सम्झना खड्का, शोभा रोकाया र अनु कडायत अन्तिम १४ मा अटाएका छन्। यस्तै स्नेहा महरा,करिष्मा थापा, रूविना कुँवर र गंगा खड्का वैकल्पिक खेलाडीका रूपमा छन्। 

हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको हो।

प्रदेशस्तरीय छनोटपछि २२ जनाको बन्द प्रशिक्षण गरिएको र त्यसपछि अन्तिम टोली घोषणा गरेको  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए।

यो  टोली  पुस ५ गतेदेखि काठमाडौंमा   हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन्। सुदूरपश्चिमको पहिलो खेल एपीएफ क्लबसँग पुस ५ गते मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागिता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।