काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउसो ३ बजे बस्ने सो पार्टीले जनाएको छ । यसअघि विहान ८ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण दिउसोलाई सारिएको हो ।
बैठकमा पार्टीको जारी रुपान्तरण अभियानको समिक्ष्ाँ गर्ने एजेण्डा राखिएको सचिव गणेश साहले बताए । माओवादीको ४ महिने रुपान्तरण अभियान आगामी पुस १६ गते सकिदै छ । पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।
पार्टीको विधान सम्मेलनको मिति तय गर्न केन्द्रीय समितिको बैठक बोलाउने साहले बताए ।
Comment