राप्रपाको केन्द्रीय समिति वैठक आज सकिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार देखि काठमाडौंमा सुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज समापन हुने भएको छ ।

तीन दिनसम्म चलेको केन्द्रीय समिति वैठकमा पार्टी अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले प्रस्तुत गरेको राजनैतिक दस्तावेज माथी छलफल भएको थियो ।

छलफलमा भाग लिने अधिकांश केन्द्रीय सदस्यहरुले राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु गलत भएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

बैठकमा महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए। त्यस्तै कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

तीन वटा प्रतिवेदनमाथि सदस्यले बोल्ने क्रम सकिएको र आज दिउँसो बैठक सकिने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।