हिमालयन रिको आईपीओमा १६ लाख बढीले दिए आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा साढे १६ लाखभन्दा धेरैले आवेदन दिएका छन् ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन सोमबार ५ बजेसम्म कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छ । यद्यपि, अन्तिम तथ्यांक आइ नसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएससीले जनाएको छ ।

कम्पनीको आइपीओमा मागभन्दा १.२९ गुणा धेरै आवेदन परेको छ । कम्पनीले मंसिर २७ गतेदेखि प्रतिकित्ता २०६ रुपैयाँ (प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर)दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा मागभन्दा धेरै अर्थात् ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन परेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।