सिजी इन्टरटेनमेन्टको ‘मनका कुरा विथ बसन्त चौधरी’ आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिजी इन्टरटेनमेन्ट स्थापनाको १३ वर्षपछि फेरि सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने तयारीमा रहेको छ।

विभिन्न गीत, छोटा फिल्म र कथानक फिल्म ‘भिसा–गर्ल’ निर्माण र प्रसारण गरिसकेको सिजी इन्टरटेनमेन्टले अब आफ्नो यू–ट्युब च्यानल पनि शुरु गर्न लागेको हो।

हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजनाअनुसार यही पुस ६ गतेदेखि हरेक शुक्रवार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत गर्ने कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी’ सिजी इन्टरटेनमेन्टको आधिकारिक यू-ट्युब च्यानलमार्फत नियमित रुपमा प्रसारण हुनेछ।

कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्त्वहरुसँग अन्तरंग कुराकानी प्रस्तुत गरिनेछ। कार्यक्रम निर्माण गर्न सिजी इन्टरटेनमेन्टले आफ्नै स्टुडियोको स्थापनासमेत गरिसकेको संस्थाका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिए।

‘मनका कुरा विथ बसन्त चौधरी’  निर्माण र प्रसारण गर्न लागेको सिजी इन्टरटेनमेन्टले आगामी जनवरीदेखि अन्य कार्यक्रम पनि शुरु गर्ने तयारी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।