नेपाल बैंकको सिइओका लागि पाँच जना प्रतिस्पर्धामा,कसले मार्ला बाजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ५ जना छनोट भएका छन् । छनोट समितिले सिइओका लागि दिएका १९ आवेदकमध्ये पाँच जनालाई व्यावसायिक कार्ययोजना पेस तथा अन्तर्वार्ताका लागि बोलाएको छ। 

सञ्चालक समिति सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार पाँचै जनालाई पुस ४ गते अन्तर्वार्ताको समय तोकेको छ। 

सचिवालयले सार्वजनिक गरेको नामावली अनुसार अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टलाई व्यावसायिक कार्ययोजनासाथ उपस्थित हुन सूचित गरिएको छ। 

प्रमुख कार्यकारी अधिकृत (सिइओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।