त्रिविका ७७ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। दशरथ रङ्गशालामा हुने समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गरिँदैछ । 

त्रिविले पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरिसकेको छ। त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीलाई अहिले ८ देखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरिसक्न भनेको छ। 

आ–आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले विद्यर्थीलाई अनुरोध गरेको छ। समारोहमा २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गते सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।