पाइथान गेम्समा चार नेपाली खेलाडी सहभागी हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतको नयाँदिल्लीमा आगामी पुस ३ देखि ५ गतेसम्म हुने मोडर्न पाइथान गेम्समा नेपालबाट चार मुवाथाई खेलाडीले भाग लिने भएका छन ।

प्रतियोगितामा दुई पुरुष तथा दुई महिला खेलाडी सहभागी हुनेछन् । पुरुष ६५ केजीमा मुकेश लुइँटेल खत्री तथा ६० केजीको प्रतिस्पर्धामा किशोर नेगी रहेका छन् । महिलातर्फको ४८ केजीमा प्राप्ति बतास र ५१ केजीमा पारिका बतास सहभागी हुँदैछन् ।

प्रतियोगितामा भाग लिने पाँच सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीले आज आयोजित एक कार्यक्रममा बिदाइ गरे । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।