राष्ट्रिय सभा निर्वाचन: दल दर्ताका लागि आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय शुक्रबार सकिँदैछ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ। 

आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन्। आयोगका अनुसार बिहीबारसम्म १० वटा राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका छन्। 

प्रमुख दलहरुमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा, जसपा, लोकपा, नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन्।

नेपाली कांग्रेसले शुक्रबार कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गारउँदै छ। 

फागुन २० गतेदेखि राष्ट्रिय सभा सदस्यका २० पद रिक्त हुँदै छन्। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। १ जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।