बिहिवार झिनो अंकले बढ्यो नेप्से परिसूचक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ ।

साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको हो ।
यसदिन ३०० कम्पनीको ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बढीको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । अन्य समूहको परिसूचक १.५१ प्रतिशतले बढेको छ ।
आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

यसको १६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।सामान्य अंकले बढेको बजारमा आज ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेशनल हाइड्रो डेभलपमेन्ट र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।त्यस्तै, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिड सोलु हाइड्रोपावर र मृक्तिनाथ कृषि कम्पनीका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।