फोन–पेको सञ्चालक समिति अध्यक्षमा सशीन जोशीको नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फोन–पेले सञ्चालक समितिको अध्यक्षमा सशीन जोशीलाई नियुक्त गरेको छ। सोसँगै जोशीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राबाट बुधबार शपथ लिइ पदबहाली गरेका छन् ।

यसअघि उनी फोनपेको स्वतन्त्र संचालकको रुपमा आवद्ध थिए । सशीन जोशी, जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दख्खल राख्ने बैंकरको रुपमा परिचित छन् । करिब दुई दशक भन्दा बढी समय उनी नेपालको प्रमुख बैंकिङ् संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

पदभार ग्रहणपछि अध्यक्ष जोशीले भने फोनपे जस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफूलाई निकै खुशी लाग्नुका साथै नयाँ अनुभवसमेत हुने बताए ।

अध्यक्षको रुपमा आफूले फोनपे संस्थालाई अझै बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए ।

फोनपे नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर– पीएसओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।