यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ५.३८ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको वित्तीय स्थितिअनुसार अघिल्लो वर्षको कात्तिकमा महँगी ८.०८ प्रतिशत थियो। यो २५ महीना यताकै न्यून मूल्यवृद्धि दर हो।

२०७८ असोजमा मूल्यवृद्धि दर ४.२४ प्रतिशत थियो। त्यसपछि मूल्यवृद्धि दर उकालो चढ्न शुरू गरेर दुई वर्ष उच्च विन्दुमा कायम रहेको थियो। गत असोजमा मूल्यवृद्धि दर ७.५ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि दर ७.७४ प्रतिशत थियो।

त्यस्तै अमेरिकी डलर संचिति ३ वर्ष यताकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो महिना (कात्तिकसम्म)को तथ्यांक अनुसार डलर संचिति १२ अर्ब ७५ करोड पुगेको छ । यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको ३५ महिना यताकै धेरै डलर हो । यसअघि सन् २०२१ जनवरीमा १२ अर्ब ७७ डलर संचिति करोड थियो ।

रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो ।

शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १,६९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ । नेपाल सरकारको खर्च रु. ३५५ अर्ब ६३ करोड र राजस्व परिचालन रु.२७६ अर्ब ६४ करोड रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।