पाकिस्तान सुपर लिगको ड्राफ्टमा पनि बिकेनन् नेपाली खेलाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं   पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा नेपाली क्रिकेट टोलीका कुनैपनि खेलाडी बिक्न सकेनन् । बुधबार राति सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा नदेखाएका हुन् । 

पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । जसमा सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी रहेका थिए ।

उक्त ड्राफ्टमा नेपालका स्पिनर सन्दीप लामिछाने प्लेटिनम, अलराउन्डर गुलशन झा गोल्ड क्याटेगोरी र अन्य ८ खेलाडीहरू सिल्भर क्याटेगेरीमा परेका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।