यस्तो छ प्रभासको फिल्म ‘सलार’ मा मेनुका पौडेलले गाएको गीत (भिडिओ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ मा नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। बुधबार हम्बले फिल्म्स युट्युब च्यानलमार्फत ‘सुरज हि छाहो बन्के’ बोलको गीत सार्वजनिक गरिएको हो। मेनुकाले केही दिनअघि इन्डियन आइडलको मञ्चमा यस फिल्ममा गीत गाएको जानकारी दिएकी थिइन्।

  यस गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको छ। जसमा प्रभास र पृथ्वीराज सुकुमारनलाई प्रस्तुत गरिएको छ। रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्।

‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। 

यो फिल्म २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।