काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जारी लिगमा आज धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ ।
आजको खेलमा जित निकाल्दै धनगढी शीर्षस्थानमा उक्लने योजनामा रहँदा चितवन दोस्रो जितको लक्ष्यमा रहने छ ।अहिलेसम्मका चार खेल मध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।
यस्तै, चितवन एकमा जित, दुईमा बराबरी र दुईमा हार बेहोर्दै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको ललितपुर सीटी शीर्षस्थानमा छ ।
Comment