सामाजिक सुरक्षा कोषको सञ्चालकमा भण्डारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा बैंकर राजनसिंह भण्डारी नियुक्त भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भण्डारीलाई मंसिर पहिलो सातानै उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक भण्डारीसँग लामो समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

उनी केही समयअघि मात्रै सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षबाट बाहिरिएका हुन् । सिटिजन्स बैंकको स्थापना भएदेखि सीईओ पदमा रहेका उनी बैंकर्स संघको अध्यक्ष समेत भएका छन् । साथै, भण्डारी नेपाल राष्ट बैंकका पूर्वकर्मचारी समेत हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।