३० वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेजको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेजीको चेतावनी दिएको छ । 

प्राधिकरणले ७ दिन भित्र सम्पर्कमा आउन ३० वटा इन्टरनेट सेवा प्रदायकहरूलाई आग्रह गरेको छ । तोकिएको सो समयभित्र सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार ती कम्पनीले नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र नबुझाएका हुन् । यसका साथै बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा ई–मेल गर्दा समेत सम्पर्क हुन नसकेको सूचनामा मार्फत  जानकारी गराएको छ । 

अबको सात दिनभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमति पत्र खारेजी प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।