शेखर-गगन समूहको बैठक आज बस्दै,के-के छन् एजेण्डा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसको संस्थापनइतर (शेखर–गगन) पक्षको बैठक आज बस्दैछ । 

यसअघि मंगलबार बस्ने भनिएको बैठक नेताहरूसँग परामर्शपछि आज बस्ने सहमति भएको हो । 

कांग्रेस नेता अर्जुन नरसिंह केसीले मंगलबारको बैठक बुधबारका लागि तय गरिएको बताए । बैठकमा महामन्त्री गगन थापा पनि सहभागी हुनेछन् । ‘पहिले समन्वय नभई बैठक बोलाइएको रहेछ । महामन्त्री पनि नहुने भएपछि राम्रो सन्देश जाँदैन भनेर मैले बैठक सार्न पहल गरें’, उनले भने, ‘ शेखरजी र गगनजी दुवै बसेर सहमति गर्नुभयो  । अब हाम्रो समूहको बैठक बुधबार बस्छ ।’

आगामी महासमिति बैठकसहित विषयमा छलफल समूहको बैठक बस्न लागेको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।