बार्यनसँग समूह चरणबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। 

गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको समूहको अन्तिम खेलमा बायर्न म्युनिखसँग १–० गोलले पराजित भएपछि युनाइटेडको यात्रा समाप्त भएको हो।

नकआउट चरणमा स्थान सुरक्षित गर्न बुन्डेसलिगा च्याम्पियन बायर्नलाई हराउनै पर्ने थियो। यसै समूहको अर्को खेल गालातासारे र कोपनहेगन बीचको खेल बराबरीमा सकिनु पर्ने थियो। तर दुवैको नतिजा युनाइटेडको पक्षमा आएन। बार्यन यसअघिनै समूह ‘ए’ को विजेताका रुपमा अन्तिम १६ मा पुगिसकेको थियो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ह्यारी मग्वावेर र लुक सअ चोटग्रस्त हुँदै ब्रेक अघिनै मैदान बाहिरिएपछि युनाइटेड दबाबमा आयो। ७० औं मिनेटमा किङस्ले कोमनले गोल गर्दै बायर्नलाइ अग्रता दिलाएका थिए। उनले हेरी केनले पासमा गोल गरेका थिए। 

बायर्न ६ खेलबाट १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रह्यो। कोपनहेगन उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। गएरातिनै भएको खेलमा अन्तिम समयमा दश खेलाडीमा समेटिएको गालातासारेलाई १–० गोलले हराएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।