काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर २४ गते बसेको बैठकले सेयरधनीलाई करसहित १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले पुस २४ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।
लाभांश तथा साधरण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस ४ गतेसम्म कायम रहने सेयरधनीले सधारण सभामा भाग र प्रस्तावित लाभांश पाउने छन् ।
Comment