आयोजना बैंकमार्फत विकासको कार्यलाई तीव्रता दिइन्छ : मुख्यमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंकमार्फत विकासको कार्यलाई तीव्रता दिइने बताएका छन ।

प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै  आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेको उनले प्रदेश बनाउनका लागि यस्तो योजनाका साथ सरकार अघि बढेको बताएका हुन ।

मुख्यमन्त्री कार्कीले कामको गतिलाई तीव्रता दिई जनतालाई विकासको अनुभूति गराएर प्रदेशमा समृद्धि कायम हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारको उद्देश्य पूरा गर्न कर्मचारीले दबाब र प्रभावमा नपरी कार्य गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।

प्रदेश योजना आयोगले वित्तीय अनुशासन कायम गरी बैंकको नीति पालना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रदेश सभासदस्यले २५ लाखभन्दा कमका योजना बजेटमा समावेश नगर्न अभिमुखीकरण कार्यक्रम  गरिने प्रतिबद्धता मुख्यमन्त्री कार्कीको थियो ।

भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले केन्द्रमुखी र नेतामुखी  योजना नराखी निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिए । उनले किफायती रुपमा विकासका योजना सम्पन्न गर्न बैंक सहयोगी हुने चर्चा गर्दै बहुवर्षीय वा क्रमागत योजना चार वर्षमा सम्पन्न गर्नेगरी व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।