काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । दुबईमा भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा जम्मा ३ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानलाई जिताउन अजान आविसले अविजित ५६ र साद बैगले ५० रनको योगदान गरे ।
नेपालका गुल्शन झाले सर्वाधिक २ विकेट लिए। उनले ९ ओभरमा १ मेडनसहित ५४ रन खर्चिए। आकाश त्रिपाठीको नाममा १ विकेट रह्यो। आजको खेलमा नेपालका सबैभन्दा आशालाग्दा बलर दिपेश कँडेल चलेनन् ।
नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर्धसतकीय पारी खेले । यस्तै, दिपेश कँडेलले ३१ रन र ओपनर अर्जुन कुमालले २१ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् । पाकिस्तानलाई जिताउन मोहम्मद जासिम एक्लैले नेपालको ६ विकेट लिए ।
Comment