काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको वार्षिक साधारण सभा मंसिर २६ गतेका लागि बोलाएको छ । सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव ल्याएको छैन ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।
जसका लागि कम्पनीले मंसिर १५ गते बुक क्लोज गरेको छ ।
Comment