मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष १४ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष १४ गतेका लागि बोलाएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ धरान १, सुनसरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २८ गतेदेखि पुष १४ गतेसम्म बुकक्लोज गर्ने भएको हुँदा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले लाभांश र सभामा भाग लिन पाउनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।