गृहमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बाँसबारी पुगे प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

बाँसबारी पुगेर उनले श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्।  गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ गंगालाख राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए। श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ।

चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो।  त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो।

यो पनि :

गृहमन्त्री श्रेष्ठलाई हृदयाघात

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।