काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । श्रेष्ठ छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्।
उनको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो। यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो।
उनको स्वास्थ स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ।
यो पनि :
गृहमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बाँसबारी पुगे प्रधानमन्त्री
Comment