ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार ट्राफिक प्रहरीलाई एक हजार घुस रकम दिन खोज्ने काभ्रे रोशी गाउँपालिका- ८ का ५९ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरेको हो।

लाइसेन्स बिना धुलिखेलबाट भकुण्डे जाँदै गरेको बा.प्र.०२-०३७ प ०९९७ नम्बरको स्कुटर चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर तामाङ भाग्न खोजेका थिए।

तर ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग  चालक अनुमति नभएको चालक अनुमति पत्र माग्दा पटकपटक उनले ‘मेरो लाइसेन्स यही हो’ भन्दै बिलबुकभित्र एक हजारको नोट राखेर ट्राफिक प्रहरीलाई दिन खोजेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर चालक अनुमति पत्रबिनै स्कुटर चलाएको कारण उनलाई स्कुटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।