काठमाडौं । हिमालयन डिस्ट्रीलरीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर १७ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७८/७९ को तुलनामा ४५ प्रतिशत कम हो । सो आवमा कम्पनीले १० प्रतिशत नगद र ६० प्रतिशत बोनस सेयर गरी कुल ७० प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते २३ औं वार्षिक साधरण सभा बोलाएको छ । उक्त सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि पुस १३ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस १२ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
Comment