नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनबाट आज आदेश आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ। मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ। जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेको थियो।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनुपर्ने मागसहित गरिएको जवाफी वहस सकिएकाले आज फैसला आउने सम्भावना रहेको हो। 

अदालतमा जारी वहसमा खाणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन्। जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री खाणलगायतको मुद्दामा आज फैसाला आउने सम्भावना देखिएको हो।  आज आउने फैसालाले खाण लगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा नि निक्र्यौल हुनेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।