युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  युक्रेनको दक्षिण भागमा भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ।

रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबारको आँधीबेहरी र हिमपातले १२ जनाको मृत्यु भएको हो।

युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो। युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले आँधीका कारण १२ जनाको मृत्यु भएको र २३ जना घाइते भएको पुष्टि गरे। 

अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौँ गाउँ विद्युतविहीन भएका छन्। राज्यको दक्षिणी क्षेत्रमा आँधीले पुर्‍ याएको क्षतिका कारण अवरूद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेको कीएभले बताएको छ । 

युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ८१२ बस्ती ऊर्जाविहीन भएको जनाएको छ। युक्रेनले आफ्नो ऊर्जा ग्रिडमा आक्रमण गर्ने डरलाग्दो नयाँ रूसी अभियानविरूद्ध हप्तौंदेखि तयारी गरिरहेको बताएको छ। यस्ता आक्रमणले गत हिउँदमा लाखौँलाई अँध्यारो र चिसोमा दिनरात काट्नु परेको थियो। 

क्रेमलिन समर्थित क्रिमियाका नेता सर्गेई अक्स्योनोभले प्रायद्वीपका मुख्य शहर सिम्फेरोपोल र समुद्री किनारको रिसोर्ट याल्टासहित १५ वटा नगरपालिकामा ‘आपतकालीन’ अवस्था घोषणा गरिएको बताए।

आँधीका कारण दक्षिणी रुस, क्रिमिया र कब्जा गरिएको युक्रेनका करिब २० लाख मानिस विद्युतविहीन भएको मस्कोले बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।