इटहरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी ।  सुनसरीको इटहरी उपमहानगरपालिका-२ स्थित बुढासुब्बा चोकमा जङ्गली हात्तीको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ।

गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा  रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो। 

 आक्रमणमा परेका खड्का घट्ना स्थलमानै मृत्यु भएको  इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

चारकोशे जंगल क्षेत्रमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेको छ। अहिले पनि इटहरीको तालतलैया, पानिपिया र शान्तिनगर क्षेत्रमा एक दर्जन जंगली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डना मचाउने गरेको प्रहरीको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।